दफा ९
काम गर्ने समय
(१) श्रमजीवी पत्रकारले काम गर्नु पर्ने समय उपदफा (२) को अधीनमा रही व्यवस्थापकले तोकिदिए बमोजिम हुनेछ ।
(२) श्रमजीवी पत्रकारले प्रत्येक हप्तामा काम गर्नु पर्ने समय अठचालीस घण्टाभन्दा बढी हुने छैन र प्रत्येक हप्तामा निजले आलोपालो गरी एक दिन साप्ताहिक बिदा पाउनेछ ।
(३) कुनै श्रमजीवी पत्रकारलाई उपदफा (२) बमोजिम तोकिएको समय भन्दा बढी समय काममा लगाएमा तोकिए बमोजिम थप सुविधा दिनु पर्नेछ ।